महानगर तथा नगरपालिकाहरुमा कस्तो छ त नक्सा पास प्रकृया ?

गतवर्ष भूकम्प गएपछि प्राविधिक रूपमा सन्तुलित, बलियो र सुरक्षित घर निर्माण गर्नेतर्फ सबैको चासो बढेको छ । अहिले भवन निर्माण गर्दा भवन संहिताका शर्तहरू पालना गरेर घर बनाउनु अनिवार्य गरिएको छ । यसमध्ये बनाउन लागिएको भवनको नक्सा पास पनि एक अनिवार्य शर्त हो, जसको प्रक्रिया देशभर स्थानीय स्वायत्त ऐन २०५५ अनुसार लागू हुन्छ ।

आवासीय तथा व्यापारिक प्रयोजनका भवन निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रिया यस्तो छ –
१. अमिनबाट बाटो वा प्रस्तावित बाटो/जीएलडी (गाइडेड ल्यान्ड डेभलपमेन्ट) जाँच गर्ने
२. इन्जिनियरबाट नक्सा जाँच तथा दस्तुर निर्धारण गराउने
३. भवन संहिताले निर्देशित गरेअनुसारका शर्त पालना गरेर भूकम्पबाट सुरक्षित किसिमले घरको नक्सा डिजाइन भएको छ छैन भन्ने कम्प्युटर जाँच गराउने
४. इन्जिनियरबाट सोको नक्सा पुनः जाँच गराउने
५. शुल्क बुझाउने (शुल्क प्रतिवर्गफिट आवासीय भवनलाई रू. २५ र व्यापारिक प्रयोजनका भवनमा रू. ३५ लाग्छ ।)
६. नक्सा पुनः जाँच र शुल्क भुक्तानीको बेहोरा कम्प्युटरमा दर्ता गराउने
७. वडाबाट सर्जिमन सूचना टासँका लागि सम्बन्धित वडामा नक्सा फाइल दर्ता गराउने
८. वडा कार्यालयबाट सर्जिमनको सूचना टाँस
९. सूचना टाँस गरेको १५ दिनपछि सर्जिमन वडा कार्यालयका प्राविधिकबाट स्थान निरीक्षण प्रमाणित गर्ने
१०. वडा प्रमुख वा प्रशासकीय प्रमुखबाट शहरी विकास विभागमा सक्कलै फाइल पठाउने
११. वडा कार्यालयबाट ल्याएको फाइल नगरपालिकाको शहरी विकास विभागको सम्बन्धित फाटँमा बुझाउने तथा दर्ता गर्ने
१२. सम्बन्धित वडाको जिम्मेवारी तोकिएको इन्जिनियरले फाइल जाँच गर्ने
१३. जाँच गरेको फाइल स्वीकृत गर्ने अघिकारीसमक्ष पेश गर्ने
१४. प्लिन्थ लेबल (डीपीसी)सम्मको निर्माण कार्य सम्पन्न गरिसकेपछि सो कार्यको स्थलगत जाँच हुने
१५. प्लिन्थ लेबल स्थलगत जाँच रिपोर्ट पेशपश्चात् इन्जिनियरबाट नक्सा जाँच गराई स्वीकृतिका लागि महाशाखा प्रमुख वा विभागीय    प्रमुखसमक्ष पेश गर्ने
१६. स्थायी नक्सा पास गरेर कम्प्युटरमा दर्ता गराउने
१७. स्थायी इजाजत पत्र प्राप्त

नक्सा पास गर्नका लागि आवश्यक कागजातहरू

भवनको नक्सा आवेदन फाइलमा उल्लेख भएका कागजपत्रहरू
जस्तै
– सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
– कित्ता नापी नक्सा
– जग्गाको मालपोत तिरेको प्रमाणपत्रसमेत सम्बन्धित कार्यालयमा पेश गर्नुपर्नेछ
– चारकिल्ला स्पस्ट पारिएको कागजात

आवासीय भवनको नक्सा पास हुन तथा निर्माण स्वीकृति पाउन निम्न आधारभूत शर्त सरकारले तोकेको छ ।
–  सडकको चौडाइ न्यूनतम ६ मिटर र न्यूनतम सेडब्याक सडक किनाराबाट १.५ मिटर छोडिएको हुनुपर्ने
–  सेटब्याक छाडेर मात्र पर्खाल लगाउन पाइने । पर्खालको उचाइ बढीमा ४ फिट र त्योभन्दा माथि ३ फिट तारको जाली राख्न सकिने
– पर्खाल, सेफ्टी ट्याङ्कीसमेतको नक्सा पास गर्नुपर्ने
– सडकको क्षेत्राधिकार र सेड ब्याकभित्र टप, बार्दली, छज्जी आदि कुनै पनि संरचनाहरू बनाउन नपाइने । भवन निर्माण क्षेत्रभित्र पनि एक      मिटरभन्दा बढीको टप, बार्दली, छज्जी निकाल्न नपाइने
– निर्माण सम्पन्न प्रमाणपत्रविना भवनको बैङ्किङ र बीमा कारोबार गर्न नसकिने
– ३० डिग्रीभन्दा भिरालो जमीनमा भवन बनाउन नपाइने
– खानी तथा भूगर्भ विभाग र जिल्ला दैवी प्रकोप उद्धार समितिले निषेध गरेको स्थानमा भवन बनाउन नपाइने
– २५० वर्गमिटरसम्मको क्षेत्रमा घर बनाउँदा २० प्रतिशत र सोभन्दा बढीमा ४० प्रतिशत जमीन खाली राखेर भवन निर्माण गरिनुपर्ने
– विमानस्थलको धावनमार्ग आसपास भवन बनाउन लागिएको अवस्थामा नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने । धावनमार्गको बाहिरी सीमाबाट ५०० मिटर आसापस १७ मिटरभन्दा अग्लो भवन निर्माण गर्नुपर्दा नागरिक उड्डयन प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृति लिएको हुनुपर्ने
– उपत्यकाबाहिरका नगरपालिकाहरूले शहरी विकास मन्त्रालयले तयार पारेको भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई पालना गर्नुपर्ने ।

साभार – माल्पोत खबर

Advertisements

माटोको भरमा आकर्षक र बलियो घर

दक्षिण एसियामै तीव्र शहरीकरण भइरहेको देश नेपालका मुख्य शहरहरु कंक्रिटका भवनको भिडमा निसास्सिन थालिसकेका छन् । काठमाण्डौंले यसमा अन्य सबै शहरलाई उछिनेको छ । यद्यपि, कंक्रिट मोहमा देशका अधिकांश शहरोन्मुख ठाउँहरु व्याप्त छन् ।
यसबीच विगत ९ वर्षदेखि नेपालका विभिन्न ठाउँमा एउटा यस्तो प्रविधिबाट भवन निर्माण चुपचाप रुपमा भइरहेको छ, जसमा प्राकृतिक कच्चापदार्थको प्रयोगबाट निर्माणलाई आकर्षक तरिकाले ‘मोर्डन टच’ दिइन्छ । आबारी ब्याम्बो एण्ड इनिसिएटिभले नेपालमा सुरुवात गरेको यो प्रविधि हो, ‘-याम्ड अर्थ’ ।
यस प्रविधिमा स्थानिय कच्चापदार्थ (त्यसमा पनि अधिकम माटो र बाँस) प्रयोग गरेर घर-भवन बनाउने गरिन्छ । जसमा चिम्टाइले माटो, बालुवा र सानासाना ढुङ्गाको मिक्सचर प्रयोगबाट पर्खाल खडा गरिन्छ । यी कच्चापदार्थ प्रयोगयोग्य छन्-छैनन् भन्ने पहिला परीक्षण गरिन्छ । सो पछि उक्त तीन कच्चापदार्थको मिश्रण बनाइन्छ । घर-भवनका लागि आवश्यक पर्खालको लम्बाई र चौडाइ अनुरुपको फर्मा बनाएर सोफर्मामा उक्त मिश्रण (मसला) हाली माथिबाट -यामरले ठोकेर त्यसलाई ‘कम्प्रेस्ड’ गरिन्छ । यसलाई ‘-यामिङ’ गर्ने भनिन्छ । यही प्रक्रियाबाट आवश्यक उचाइको पूरै पर्खाल तयार पारिन्छ । निर्माण स्थलमै गएर फर्मा बनाइ त्यहीँको स्थानीय सामग्रीकै प्रयोगबाट घर तयार पारिने भएकोले जस्तोसुकै दुर्गम ठाउँको लागि पनि यो प्रविधि उपयोगि छ ।
पर्खालका लागि पहिला सिमेन्टको बलियो फाउन्डेशन बनाइन्छ । सोमाथि पर्खालका लागि तयार परिएको फर्मा राखिन्छ । फर्मामा वाल तयार पार्न बनाइएको मसलाको मिश्रण हालिन्छ । त्यसमा हरेक २ फिटको अन्तरमा प्लास्टिकको जाली राखिएको हुन्छ । यसलाइ पर्खालको दुइ छेउमा फलामको डन्डी ठाडो पारेर राखी त्यसले बाँध्ने गरिन्छ, ताकिा पर्खाल बलियो बनोस् । यस प्रविधिसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिले पनि पर्खाल सजिलै निर्माण गर्न सक्छन् । कम्प्रेस्ड गर्ने काम सकिएपछि नै पर्खालको सबै काम पूरा हुने भएकोले यसलाई सुकाइराख्न जरुरी नहुने आबारीका प्रोजेक्ट कोर्ओडिनेटर सुवास कार्की बताउँछन् ।
एउटा पर्खाल २ महिनामा बन्ने र करिब ३ महिनामा ४ कोठाको घर नै पूर्ण रुपमा तयार भइसक्ने आबारीका सञ्चालक नृपल अधिकारी बताँउछन् । यो प्रविधिबाट निर्माण भएको घर ६०–७० वर्ष सजिलै टिक्ने पनि उनको दाबी छ ।
‘-याम्ड अर्थ’ प्रविधिबाट साढे २ तल्लासम्मको घर बनाउन सकिन्छ । यसमा माटो र बाँसको प्रयोग अत्यधिक हुन्छ । कुहिने, मक्किने तथा किराले खाने खतरा प्रतिरोध गरेर बाँसलाई वर्षौँ टिक्ने बनाउनका लागि त्यसलाई सर्वप्रथम ट्रिटमेन्ट गरिन्छ । यसरी ट्रिटमेन्ट गरिएको बाँसलाई छाना बनाउनुभन्दा अगाडी फ्रेमिङका लागि प्रयोग गरिन्छ । बाँसको फ्रेममा नट–बोल्ट कसेको हुन्छ । केहि कारणवश बाँसमा केही समयपछि समस्या आएमा सजिलै नटबोल्ट खोलेर फेरी अर्को बाँस परिवर्तन गर्न पनि सकिन्छ । छाना बाँसको फ्रेमभन्दा २ फिटमाथि राखिन्छ, जसले गर्दा पानी पर्दा पर्खालमा पानिको सम्पर्क हुृँदैन  र घरको आयु अझ बढी हुन्छ ।
आबारीले नेपालका विभिन्न ठाउँमा यस प्रविधिबाट घरको निर्माण गरेको छ ।
-याम्ड अर्थ प्रविधिका विषेशता
. बलियो र टिकाउ
. निर्माण गर्न सजिलो
. तापक्रम इन्सुलेसन
. साउण्ड प्रुफ
. स्थानीय सामग्रीको प्रयोग
. वातावरणमैत्री
पाटन स्थित मदन पुरस्कार पुस्तकालय अहिले आबारीको ‘-याम्ड अर्थ’ प्रविधिबाटै बनेको छ । यसबाहेक आबारीले यस प्रविधिबाट धुलिखेलमा घरहरु, विभिन्न ठाउँमा विद्यालय, रिर्सोटलगायत थुप्रै भवन निर्माण परियोजना यस प्रविधिबाट बनाइसकेको छ ।
नेपालमा मनाङ, मुस्ताङतिर पनि यस्तै प्रविधिको प्रयोग परम्परागत शैलिमा भएको पाइन्छ । त्यस्तै तिब्ब्त, जर्मनी, मोरक्कोलगायतका देशमा यो प्रविधिको अत्यधिक प्रयोग गरिएको छ । तर अबारीले यसलाई आधुनिक तरिकाले नेपालीपन दिएर यहाँ अभ्यासमा ल्याएको हो । -याम्ड अर्थ प्रविधिबाट भवन निर्माण गर्ने आबारी नेपालमा पहिलो र अहिलेसम्म एक मात्र संस्था हो ।

कम्प्रेस्ड अर्थ ब्लक (CEB)
गतवर्षको भूकम्पपछि अबारीले कम्प्रेस्ड अर्थ ब्लक (सिईबी) प्रविधिका इँटा समेत प्रयोगमा ल्याएको छ । यसमा पनि -याम्ड अर्थमा जस्तै स्थानीयस्तरमै प्राप्त कच्चापदार्थबाट मेसिनको सहायताले इँटा बनाइन्छ । चिम्ट्याइलो माटो, बालुवा र ससाना ढुङ्गाको मिश्रणलाई मेसिनमा राखी हातले दबाब  (कम्प्रेस) दिएर यो इँटाको उत्पादन गरिन्छ । त्यसैले यसलाई कम्प्रेस्ड अर्थ ब्लक भनिएको हो ।
हेर्दा चाइनिज इँटाजस्तै देखिने र आकारमा पनि उत्रै हुने यो इँटा प्रतिगोटा १३ रुपैयाँ पर्छ । यद्यपि यो प्रयोग गरेर घर बनाउँदा आरसीसी घरभन्दा ३० प्रतिशत लागत कम पर्ने अबारीका सञ्चालक अधिकारीको भनाइ छ । यस्तो प्रबिधिबाट इँटा बनाउने मेसिनको मूल्य रु. १ लाख ५० हजार तोकिएको छ । काभ्रे जिल्लामा फ्याक्ट्री रहेको अबारीले आफैले विदेशबाट मेसिन ल्याइ नेपालमा यसको उत्पादन थालेको हो । भूकम्पप्रतिरोधी दाबी गरिएको यो इँटाको आयु १०० बर्ष रहेको बताइएको छ ।
यसको प्रयोगबाट घर बनाउँदा पर्खाल निर्माणको क्रममा इँटाको जोडाइका लागि माटो र सिमेन्ट मसलाको प्रयोग गरिन्छ । त्यस्तै, १ फिटको उचाइ अन्तरमा माटो र सिमेन्टको बिम पनि बनाइन्छ, जसले पर्खाललाई अझ बढी बलियो बनाउँछ ।
सामान्य ज्ञानबाट नै निर्माण गर्न सकिने यो इँटा उत्पादन गरेको दिनदेखि २२ दिनसम्म सीधै घामको किरण नपर्ने ठाउँ (छाया) मा राखेर सुकाउनुपर्छ । सोपछि इँटा प्रयोगयोग्य हुनेछ । सस्तोमा आधुनिक घर निर्माण गर्न यो प्रविधि अत्यन्तै राम्रो रहेको भनाइ अधिकारीको छ ।

साभार – नयाँ पत्रीका दैनिक

वास्तुशास्त्र अनुसार घरमा भ-र्याङ् बनाउने उपयुक्त स्थान

. भवनको १६ दिशामा मानिसको १६ वटा इन्च हुन्छन् । सोहीअनुसार मानिसले आफ्नो भाव प्रकट गर्छ । जुन दिशामा पर्ने भाव कमजोर हुन्छ, त्यही दिशाको पिडा मानिसले भोग्नुपर्छ । उदाहरणका लागि पूर्व– दक्षिण दिशा असन्तुलन भएमा आर्थिक समस्या पर्ने सम्भावना हुन्छ । यसैगरी, १६ दिशामध्ये आफ्नो अनुकुलताअनुसार भ-र्याङ् राख्ने स्थान छनोट गर्नुपर्छ ।
. उत्तर–पश्चिमदेखि पूर्व दिशासम्म anti colockwise भ-र्याङ् राख्न सक्छौँ । यस्तो भ-र्याङ् राख्न सक्छौँ । यस्तो भ-र्याङ्ले स्क्रुले पेच खोले जस्तै मानिसका विचारहरु पनि स्वतन्त्र बनाउँछ । मानसिक तनावबाट मुक्ति दिंदै नयाँ विचार योजना तथा काम पाउने सम्भावना बढी हुन्छ । मनमा प्रसन्नता उत्पन्न हुन्छ ।
. पूर्वदेखि पूर्व–दक्षिणसम्म clockwise भ-र्याङ् राख्नुपर्छ । यसो गर्नाले पितृदोष निवारण हुनुका साथै मानसम्मान प्राप्त हुन्छ । राहुको दोष पनि निवारण भएर कुनै पनि पेसालाई निखारता प्रदान गर्छ । खर्चमा पनि कटौती गराउँछ र राहु ग्रहदोष लाग्दैन ।
. पुर्व–दक्षिणदेखि दक्षिणसम्म Anti colockwise भ-र्याङ् राख्नुपर्छ । यसले परिवारका सदस्यहरुमा आत्मविश्वास बढाँउछ । रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग गर्छ र मंगल ग्रह पनि शान्त गराँउछ ।
दक्षिण–पश्चिमदेखि पश्चिमसम्म फेरि Anti clockwise भ-र्याङ् राख्नुपर्छ । यसले घरका परिवारको अध्ययनमा सफलता दिलाउँछ । परिवारलाई उचाइमा लान सहयोग गर्छ । शनि दोष निवारण हुन्छ ।
. पश्चिमबाट उत्तर–पश्चिमसम्म clockwise भ-र्याङ् राख्ने । यसले मानसिक रोग, वित्तीय संस्था, छरछिमेकी वा आफन्तबाट सरसहयोग नपाउने समस्या समाधान गर्छ । यसबाट मानिसमा चन्द्रमा दोष लाग्दैन ।

अारामदायी बेडरुम कस्तो हुनु पर्छ

. बेडरुम डिजाइन गर्ने भन्दैमा धेरै सजावटका सामग्री प्रयोग गर्नु हुँदैन । यस्ता सामानले कोठा मात्र भरिभराउ हुन्छ । कोठाको सुन्दरता थप हुँदैन ।
. बेडरुममा सामान्यतया ड्रेसिङ टेबल, नाइट स्ट्याण्ड, प्रोपर लाइटिङ, आरामदायी बेड आवश्यक हुन्छ । यस्ता कुन सामग्री कहाँ राख्ने भन्ने सुरुमै योजना बनाउनु आवश्यक हुन्छ ।
. आकर्षक बेडरुम निमार्ण गर्न मेट्रेसदेखि सम्पूर्ण कोठाको कलर स्किनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
. आरामगर्ने बेड आफ्नो आवश्यकता तथा कोठाको क्षेत्रफलअनुसार बनाउनुपर्छ । कोठामा बेड राख्दा कम्फर्टेबल तथा ठुलो हुनु उपयुक्त हुन्छ ।
. हेभि डिजाइन गरिएको बेड भद्घा देखिन्छ । त्यसैले डिजाइन लाइट हुनुपर्छ ।
. कोठामा पर्यात स्थान भएमा रोयल साइजका बेड उपयुक्त हुन्छ । रोयल बेड सामान्य खालको बेडभन्दा ठुलो हुन्छ । यसलाई किङ साइज र क्विन साइजमा वर्गीकरण गरिएको हुन्छ ।
. कोठामा कलर स्किन भने वार्म सेट छनोट गर्नुपर्छ । यसमा एल्लो सेटको कलरहरु झन् उपयुक्त हुन्छ । बेडरुममा कुल कलर प्रयोग गर्दा डिप्रेसनको अनुभव गराउन सक्छ ।
. कोठामा फर्निचर र भित्तामा लगाएको कलर एक–अर्कामा म्याच भएको हुनुपर्छ ।
. बेडरुममा लाइटको महत्वपुर्ण भूमिका हुन्छ । प्राकृतिक प्रकाश सबैभन्दा बढी आउनुपर्छ । त्यसैले प्राकृतिका प्रकाश छिर्ने खालको ब्राइट पर्दा छनोट राम्रो हुन्छ ।
. बेडरुममा टिभी हेर्देै सुत्ने बानी धेरैको हुन्छ । तर, सकेसम्म टिभीलाई बेडरुममा राख्नु हुँदैन । पेन्टिङ तथा फोटोहरु राख्नु राम्रो हुन्छ ।
. कोठाको कर्नरमा स्ट्याण्ड ल्याम्प राख्नु राम्रो हुन्छ । त्यस्तै, विन ब्याक कोठामा हुँदा आराम गरेर बस्न पनि सजिलो हुन्छ ।
. नव विवाहित जोडीहरुलाई कोठा तयार गनुपर्दा रातो र गोल्डेन कलरको कम्बिनेसन उपयुक्त हुन्छ । रोयल लुक्स दिन गोल्डेन र मरुन कलरको कम्बिनेसन मिलाउनु राम्रो हुन्छ ।
. टिनएजरहरु प्राय  कुल कलर प्रयोग गर्छ्न । तर, लामो समयसम्म यस्तो कलर प्रयोग गर्नु राम्रो हुँदैन । छोटो समयमा नै परिवर्तन गर्नुपर्ने हुन्छ ।
. बेडरुममा दराजहरु सकेसम्म वालमै एटेच भएको राम्रो हुन्छ । यस्तो भएमा कोठा फराकिलो तथा सफा पनि देखिन्छ ।
. बेडरुममा भरसक सामान पनि स्टोर गर्नु हुँदैन । वार्म कलरका लाइट युज गर्नु राम्रो हुन्छ । वेड लाइट प्रयोग गर्दा पनि धेरै सजिलो हुन्छ ।
. प्रकाश र हावा वहन मिल्ने गरी कोठामा भ्यान्टिलेटर या झ्याल हुनुपर्छ । यसले कोठामा बस्न निकै सहज बनाउँछ ।

सभार – नयाँ पत्रीका दैनिक

भूकम्प प्रतिरोधात्मक सुरक्षित घर बनाउने १० उपाएहरु (तीन तला सम्मको पक्कि भवनको लागि)

१. स्थान छनोट
. सके सम्म समतल, कडा चट्टान भएको, नदीवाट टाढा र दलदल नभएको जग्गा छनौट गर्नुपर्छ।
. भिरालो पाङ्गो वा कालो माटो भएको, ढुङ्गा खस्ने जग्गा छनौट गर्नुहुदैन।
. गहिरो,ठूला खाल्डो भएको, चिरा परेको जग्गा छनौट गर्नुहुदैन ।
. हवाई मैदान, खानी क्षेत्र, सैनिक इलाका, ठूला रुखहरु नजिक र उच्च भोल्टेजको तार मुनिको जग्गा छनौट गर्नुहुदैन।
. सके सम्म चौडा बाटो र नजिकै खुल्ला चौरहरु भएको जग्गा छनौट गर्ने ।

२. घरको आकार
. घरको आकार सकेसम्म वर्गाकार, आयातकार वा गोलाकार हुनुपर्छ ।
. अनियमित आकारहरु जस्तै L,T,U आदी आकारको घर बनाउनु हुँदैन ।
. घरको लम्बाई, उचाई, घरको चौडाइको ३ गुणाभन्दा बढी हुनुहुदैन ।
. कोठाको अधिकतम लम्बाइ १५ फिट भन्दा बढी हुनुहुदैन ।

३. जग
. घरको सम्पूर्ण जगहरु लेभलमा राख्नुपर्दछ ।
. सबै पिलरहरुको जगमा हात्तिपाइले ढलान गर्नुपर्दछ ।
. घरको जग पूरानो जमिनभन्दा कम्तिमा ५ फिट तलसम्म हुनुपर्दछ ।
. घरको सम्पूर्ण जगहरु एउटै लेभलमा राख्नुपर्दछ ।
. सामान्यतया सबै पिलरहरुमा हात्तिपाइले ढलान गर्नुपर्दछ ।
. हात्तिपाइले जालि घरको पिलर र विममा कम्तिमा पनि १२ एम एम (४ लाइन) को छड र रिङ्गको लागि कम्तिमा ८ एम एम् (२.५ लाइन) को छडको प्रयोग गर्नुपर्दछ ।
. डि.पी.सी. लेभलमा जस्तै विम, जगमा पनि सबै पिलरहरु जोडिने गरि राख्नुपर्दछ ।

४. डि.पी.सी. लेभल
. डि.पी.सी. लेभल पूरानो जमिनको सतहभन्दा कम्तिमा १.५ फिट माथि हुनुपर्दछ ।
. डि.पी.सी. लेभलमा कम्तिमा ९ x १२ साइजको टाई विम राख्नुपर्दछ ।
. घरका सम्पूर्ण पिलरहरुलाई यो लेभलमा आर.सी.सी ढलानको टाई विमले जोडनुपर्दछ ।

५. पिलर तथा बिम
. पिलरहरुको दुरीको आधारमा पिलरको साइज निर्धाण हुने भएपनि यो १२x१२  भन्दा सानो हुनुहुदैन ।
. पिलरको चौडाई विमको भन्दा कम्तिमा ३” ले बढी हुनुपर्दछ ।
. विमका सम्पूर्ण छडहरु पिलरभित्र बाट जानुपर्दछ भने विमको अन्त्यमा छडहरु पिलरभित्र एल (L) आकारमा  राख्नुपर्दछ ।
. पिलर वा विमका डण्डिहरु गाँस्दा कम्तिमा छडको मोटाइको ६० गुणा खप्टिने गरि गाँस्नुपर्दछ ।
. बिम र पिलरको जोर्निहरु नजिक तथा छड गाँसिएको भागमा ४” को दुरिमा रिङ्गहरु राख्नु पर्दछ र अन्य ठाँउमा रिङ्गको दुरी ६” भन्दा बढी हुनुहुदैन् ।

६. भित्ता
. घरको सम्पूर्ण बाहिरी भित्ताहरु इट्टाको ९ इन्च गारोले र भित्रि भित्ताहरु कम्तिमा ४ इन्च गारोले बनाउनुपर्दछ ।
. ९ इन्च गारोके लागि सिमेन्ट मसला १:६ (१ भाग सिमेन्टमा ६ भाग वालुवा) र ४ इन्च गाह्रोमा १:४ (१ भाग सिमेन्टमा ४ भाग वालुवा) भन्दा धेरै अनुपातको मसला बनाउनु हुँदैन ।
. मसला डेढ घण्टा सम्ममा प्रयोग गरिसक्नुपर्दछ ।
. एक दिनमा ५ फिटभन्दा अग्लो गारो लगाउनु हुँदैन ।
. पछि जोडनुपर्ने गारोको लागि सिढी आकारमा जोर्नी छुट्याउनुपर्दछ । दाति आकारको जोर्नी बलियो हुदैन ।

७. ढोका र झ्यालहरु
. झ्याल र ढोकाहरु बीचको दूरी कम्तिमा पनि २ फिट हुनुपर्दछ ।
. सकेसम्म घरको प्रत्यक तलामा ढोका र झ्यालहरु एकै स्थानमा हुनुपर्दछ ।
. सबै ढोकाहरु बाहिरपट्टि खुल्ने गरि निर्माण गर्नुपर्दछ ।
. ढोका र झ्यालहरुमा सिसाको कम प्रयोग गरि निर्माण गर्नुपर्दछ ।
. ढोका र झ्यालहरुमा सिसाको कम प्रयोग गर्नुपर्दछ र सिसा प्रयोग गरिएको भए प्लास्टिक लेमिनेशशन (टेप) लगाउनुपर्दछ ।
. झ्यालको मूनि पिलरमा पस्नेगरी ३” मोटाइ र गारोको चौडाइ वरावरको सानो विम (सिल ब्याण्ड) र झ्याल र ढोकाहरुको माथि पिलरमा छड पस्नेगरी ३” मोटाइ र गारोको चौडाइ वरावरको सानो विम – लिन्टलब्याण्ड) को आर. सी.सी. ढलान गर्नुपर्दछ । झ्याल ढोकाको फ्रेम आल्मुनियमको भए लिन्टल ६” मोटाइको बनाउनुपर्दछ । सिल र लिन्टलमा १० एम एम् को छड र ८ एम एम् को यू आकारको रिङ्ग ६”  को दुरीमा राख्नुपर्दछ ।

८. छत – स्लाब
. सामान्यतया छतको मोटाइ कम्तिमा ४” हुनुपर्दछ ।
. सामान्यतया छतमा डबल जालिका लागि ८ एम एम् को डण्डी ६” को दुरीमा राख्नु पर्याप्त हुन्छ ।
. डण्डीको तलमाथि कम्तिमा १५ एम एम को कंक्रिट भाग (clear cover) हुनुपर्दछ ।
. ढलान गर्दा बिम र स्लाब एकैपटक ढलान गर्नुपर्दछ ।
. खाँद्नको लागि भाइव्रेटरको उचित प्रयोग गर्नुपर्दछ।
. ढलान गरिसकेको चौविस घण्टापछि कम्तिमा पनि १४ दिन पानिले भिजाउनु पर्दछ ।

९. ढलान मसला
ढलान मसलाको भाग १.१. ५. ३ भन्दा कम्ती गर्नुहुदैन । अर्थात १ भाग सिमेन्टमा १.५ भाग वालुवा र ३ भाग गिट्टी मिसाउनु पर्दछ । सामान्यतया १ वोरा सिमेन्टका लागि २० लिटर जति पानि प्रयोग गर्नुपर्दछ । पानीको मात्रा वालुवाको चिसोपनमा भर पर्ने भएकोले काम गर्न सकिने र नबग्ने गरि ढलान मसला बनाउनुपर्दछ । मिक्सचर मेसिनमा सिमेन्ट, वालुवा, गिट्टी र पानी राखिसकेपछि २ मिनेटसम्म घोल्नु पर्दछ ।

१०. निर्माण सामाग्रीहरु
. ढलानका लागि उच्च गुणस्तरीय सिमेन्ट तथा दानादार, खस्रो बालुवा तथा कडा खस्रो गिट्टी एवम् खिया नलागेको बङग्याउदा नभाचिने छडको प्रयोग गर्नुपर्दछ ।
. इट्टा राम्ररी पाकेको, चिल्लो सतह भएको र ३ फिट उचाइवाट खसाल्दा नफुट्ने खालको प्रयोग गर्नुपर्दछ ।
. ढलानका लागि लवण नमिसिएको सफा पानी प्रयोग गर्नुपर्दछ ।

अन्त्यमा
घर निर्माणका लागि प्रत्येक चरणमा भवन निर्माण संहिताको पालना गर्नुपर्दछ । अन्य थप जानकारीका लागि प्राविधिकको सल्लाह लिनुपर्दछ ।