माटोको भरमा आकर्षक र बलियो घर

दक्षिण एसियामै तीव्र शहरीकरण भइरहेको देश नेपालका मुख्य शहरहरु कंक्रिटका भवनको भिडमा निसास्सिन थालिसकेका छन् । काठमाण्डौंले यसमा अन्य सबै शहरलाई उछिनेको छ । यद्यपि, कंक्रिट मोहमा देशका अधिकांश शहरोन्मुख ठाउँहरु व्याप्त छन् ।
यसबीच विगत ९ वर्षदेखि नेपालका विभिन्न ठाउँमा एउटा यस्तो प्रविधिबाट भवन निर्माण चुपचाप रुपमा भइरहेको छ, जसमा प्राकृतिक कच्चापदार्थको प्रयोगबाट निर्माणलाई आकर्षक तरिकाले ‘मोर्डन टच’ दिइन्छ । आबारी ब्याम्बो एण्ड इनिसिएटिभले नेपालमा सुरुवात गरेको यो प्रविधि हो, ‘-याम्ड अर्थ’ ।
यस प्रविधिमा स्थानिय कच्चापदार्थ (त्यसमा पनि अधिकम माटो र बाँस) प्रयोग गरेर घर-भवन बनाउने गरिन्छ । जसमा चिम्टाइले माटो, बालुवा र सानासाना ढुङ्गाको मिक्सचर प्रयोगबाट पर्खाल खडा गरिन्छ । यी कच्चापदार्थ प्रयोगयोग्य छन्-छैनन् भन्ने पहिला परीक्षण गरिन्छ । सो पछि उक्त तीन कच्चापदार्थको मिश्रण बनाइन्छ । घर-भवनका लागि आवश्यक पर्खालको लम्बाई र चौडाइ अनुरुपको फर्मा बनाएर सोफर्मामा उक्त मिश्रण (मसला) हाली माथिबाट -यामरले ठोकेर त्यसलाई ‘कम्प्रेस्ड’ गरिन्छ । यसलाई ‘-यामिङ’ गर्ने भनिन्छ । यही प्रक्रियाबाट आवश्यक उचाइको पूरै पर्खाल तयार पारिन्छ । निर्माण स्थलमै गएर फर्मा बनाइ त्यहीँको स्थानीय सामग्रीकै प्रयोगबाट घर तयार पारिने भएकोले जस्तोसुकै दुर्गम ठाउँको लागि पनि यो प्रविधि उपयोगि छ ।
पर्खालका लागि पहिला सिमेन्टको बलियो फाउन्डेशन बनाइन्छ । सोमाथि पर्खालका लागि तयार परिएको फर्मा राखिन्छ । फर्मामा वाल तयार पार्न बनाइएको मसलाको मिश्रण हालिन्छ । त्यसमा हरेक २ फिटको अन्तरमा प्लास्टिकको जाली राखिएको हुन्छ । यसलाइ पर्खालको दुइ छेउमा फलामको डन्डी ठाडो पारेर राखी त्यसले बाँध्ने गरिन्छ, ताकिा पर्खाल बलियो बनोस् । यस प्रविधिसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिले पनि पर्खाल सजिलै निर्माण गर्न सक्छन् । कम्प्रेस्ड गर्ने काम सकिएपछि नै पर्खालको सबै काम पूरा हुने भएकोले यसलाई सुकाइराख्न जरुरी नहुने आबारीका प्रोजेक्ट कोर्ओडिनेटर सुवास कार्की बताउँछन् ।
एउटा पर्खाल २ महिनामा बन्ने र करिब ३ महिनामा ४ कोठाको घर नै पूर्ण रुपमा तयार भइसक्ने आबारीका सञ्चालक नृपल अधिकारी बताँउछन् । यो प्रविधिबाट निर्माण भएको घर ६०–७० वर्ष सजिलै टिक्ने पनि उनको दाबी छ ।
‘-याम्ड अर्थ’ प्रविधिबाट साढे २ तल्लासम्मको घर बनाउन सकिन्छ । यसमा माटो र बाँसको प्रयोग अत्यधिक हुन्छ । कुहिने, मक्किने तथा किराले खाने खतरा प्रतिरोध गरेर बाँसलाई वर्षौँ टिक्ने बनाउनका लागि त्यसलाई सर्वप्रथम ट्रिटमेन्ट गरिन्छ । यसरी ट्रिटमेन्ट गरिएको बाँसलाई छाना बनाउनुभन्दा अगाडी फ्रेमिङका लागि प्रयोग गरिन्छ । बाँसको फ्रेममा नट–बोल्ट कसेको हुन्छ । केहि कारणवश बाँसमा केही समयपछि समस्या आएमा सजिलै नटबोल्ट खोलेर फेरी अर्को बाँस परिवर्तन गर्न पनि सकिन्छ । छाना बाँसको फ्रेमभन्दा २ फिटमाथि राखिन्छ, जसले गर्दा पानी पर्दा पर्खालमा पानिको सम्पर्क हुृँदैन  र घरको आयु अझ बढी हुन्छ ।
आबारीले नेपालका विभिन्न ठाउँमा यस प्रविधिबाट घरको निर्माण गरेको छ ।
-याम्ड अर्थ प्रविधिका विषेशता
. बलियो र टिकाउ
. निर्माण गर्न सजिलो
. तापक्रम इन्सुलेसन
. साउण्ड प्रुफ
. स्थानीय सामग्रीको प्रयोग
. वातावरणमैत्री
पाटन स्थित मदन पुरस्कार पुस्तकालय अहिले आबारीको ‘-याम्ड अर्थ’ प्रविधिबाटै बनेको छ । यसबाहेक आबारीले यस प्रविधिबाट धुलिखेलमा घरहरु, विभिन्न ठाउँमा विद्यालय, रिर्सोटलगायत थुप्रै भवन निर्माण परियोजना यस प्रविधिबाट बनाइसकेको छ ।
नेपालमा मनाङ, मुस्ताङतिर पनि यस्तै प्रविधिको प्रयोग परम्परागत शैलिमा भएको पाइन्छ । त्यस्तै तिब्ब्त, जर्मनी, मोरक्कोलगायतका देशमा यो प्रविधिको अत्यधिक प्रयोग गरिएको छ । तर अबारीले यसलाई आधुनिक तरिकाले नेपालीपन दिएर यहाँ अभ्यासमा ल्याएको हो । -याम्ड अर्थ प्रविधिबाट भवन निर्माण गर्ने आबारी नेपालमा पहिलो र अहिलेसम्म एक मात्र संस्था हो ।

कम्प्रेस्ड अर्थ ब्लक (CEB)
गतवर्षको भूकम्पपछि अबारीले कम्प्रेस्ड अर्थ ब्लक (सिईबी) प्रविधिका इँटा समेत प्रयोगमा ल्याएको छ । यसमा पनि -याम्ड अर्थमा जस्तै स्थानीयस्तरमै प्राप्त कच्चापदार्थबाट मेसिनको सहायताले इँटा बनाइन्छ । चिम्ट्याइलो माटो, बालुवा र ससाना ढुङ्गाको मिश्रणलाई मेसिनमा राखी हातले दबाब  (कम्प्रेस) दिएर यो इँटाको उत्पादन गरिन्छ । त्यसैले यसलाई कम्प्रेस्ड अर्थ ब्लक भनिएको हो ।
हेर्दा चाइनिज इँटाजस्तै देखिने र आकारमा पनि उत्रै हुने यो इँटा प्रतिगोटा १३ रुपैयाँ पर्छ । यद्यपि यो प्रयोग गरेर घर बनाउँदा आरसीसी घरभन्दा ३० प्रतिशत लागत कम पर्ने अबारीका सञ्चालक अधिकारीको भनाइ छ । यस्तो प्रबिधिबाट इँटा बनाउने मेसिनको मूल्य रु. १ लाख ५० हजार तोकिएको छ । काभ्रे जिल्लामा फ्याक्ट्री रहेको अबारीले आफैले विदेशबाट मेसिन ल्याइ नेपालमा यसको उत्पादन थालेको हो । भूकम्पप्रतिरोधी दाबी गरिएको यो इँटाको आयु १०० बर्ष रहेको बताइएको छ ।
यसको प्रयोगबाट घर बनाउँदा पर्खाल निर्माणको क्रममा इँटाको जोडाइका लागि माटो र सिमेन्ट मसलाको प्रयोग गरिन्छ । त्यस्तै, १ फिटको उचाइ अन्तरमा माटो र सिमेन्टको बिम पनि बनाइन्छ, जसले पर्खाललाई अझ बढी बलियो बनाउँछ ।
सामान्य ज्ञानबाट नै निर्माण गर्न सकिने यो इँटा उत्पादन गरेको दिनदेखि २२ दिनसम्म सीधै घामको किरण नपर्ने ठाउँ (छाया) मा राखेर सुकाउनुपर्छ । सोपछि इँटा प्रयोगयोग्य हुनेछ । सस्तोमा आधुनिक घर निर्माण गर्न यो प्रविधि अत्यन्तै राम्रो रहेको भनाइ अधिकारीको छ ।

साभार – नयाँ पत्रीका दैनिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s