महानगर तथा नगरपालिकाहरुमा कस्तो छ त नक्सा पास प्रकृया ?

गतवर्ष भूकम्प गएपछि प्राविधिक रूपमा सन्तुलित, बलियो र सुरक्षित घर निर्माण गर्नेतर्फ सबैको चासो बढेको छ । अहिले भवन निर्माण गर्दा भवन संहिताका शर्तहरू पालना गरेर घर बनाउनु अनिवार्य गरिएको छ । यसमध्ये बनाउन लागिएको भवनको नक्सा पास पनि एक अनिवार्य शर्त हो, जसको प्रक्रिया देशभर स्थानीय स्वायत्त ऐन २०५५ अनुसार लागू हुन्छ ।

आवासीय तथा व्यापारिक प्रयोजनका भवन निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रिया यस्तो छ –
१. अमिनबाट बाटो वा प्रस्तावित बाटो/जीएलडी (गाइडेड ल्यान्ड डेभलपमेन्ट) जाँच गर्ने
२. इन्जिनियरबाट नक्सा जाँच तथा दस्तुर निर्धारण गराउने
३. भवन संहिताले निर्देशित गरेअनुसारका शर्त पालना गरेर भूकम्पबाट सुरक्षित किसिमले घरको नक्सा डिजाइन भएको छ छैन भन्ने कम्प्युटर जाँच गराउने
४. इन्जिनियरबाट सोको नक्सा पुनः जाँच गराउने
५. शुल्क बुझाउने (शुल्क प्रतिवर्गफिट आवासीय भवनलाई रू. २५ र व्यापारिक प्रयोजनका भवनमा रू. ३५ लाग्छ ।)
६. नक्सा पुनः जाँच र शुल्क भुक्तानीको बेहोरा कम्प्युटरमा दर्ता गराउने
७. वडाबाट सर्जिमन सूचना टासँका लागि सम्बन्धित वडामा नक्सा फाइल दर्ता गराउने
८. वडा कार्यालयबाट सर्जिमनको सूचना टाँस
९. सूचना टाँस गरेको १५ दिनपछि सर्जिमन वडा कार्यालयका प्राविधिकबाट स्थान निरीक्षण प्रमाणित गर्ने
१०. वडा प्रमुख वा प्रशासकीय प्रमुखबाट शहरी विकास विभागमा सक्कलै फाइल पठाउने
११. वडा कार्यालयबाट ल्याएको फाइल नगरपालिकाको शहरी विकास विभागको सम्बन्धित फाटँमा बुझाउने तथा दर्ता गर्ने
१२. सम्बन्धित वडाको जिम्मेवारी तोकिएको इन्जिनियरले फाइल जाँच गर्ने
१३. जाँच गरेको फाइल स्वीकृत गर्ने अघिकारीसमक्ष पेश गर्ने
१४. प्लिन्थ लेबल (डीपीसी)सम्मको निर्माण कार्य सम्पन्न गरिसकेपछि सो कार्यको स्थलगत जाँच हुने
१५. प्लिन्थ लेबल स्थलगत जाँच रिपोर्ट पेशपश्चात् इन्जिनियरबाट नक्सा जाँच गराई स्वीकृतिका लागि महाशाखा प्रमुख वा विभागीय    प्रमुखसमक्ष पेश गर्ने
१६. स्थायी नक्सा पास गरेर कम्प्युटरमा दर्ता गराउने
१७. स्थायी इजाजत पत्र प्राप्त

नक्सा पास गर्नका लागि आवश्यक कागजातहरू

भवनको नक्सा आवेदन फाइलमा उल्लेख भएका कागजपत्रहरू
जस्तै
– सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
– कित्ता नापी नक्सा
– जग्गाको मालपोत तिरेको प्रमाणपत्रसमेत सम्बन्धित कार्यालयमा पेश गर्नुपर्नेछ
– चारकिल्ला स्पस्ट पारिएको कागजात

आवासीय भवनको नक्सा पास हुन तथा निर्माण स्वीकृति पाउन निम्न आधारभूत शर्त सरकारले तोकेको छ ।
–  सडकको चौडाइ न्यूनतम ६ मिटर र न्यूनतम सेडब्याक सडक किनाराबाट १.५ मिटर छोडिएको हुनुपर्ने
–  सेटब्याक छाडेर मात्र पर्खाल लगाउन पाइने । पर्खालको उचाइ बढीमा ४ फिट र त्योभन्दा माथि ३ फिट तारको जाली राख्न सकिने
– पर्खाल, सेफ्टी ट्याङ्कीसमेतको नक्सा पास गर्नुपर्ने
– सडकको क्षेत्राधिकार र सेड ब्याकभित्र टप, बार्दली, छज्जी आदि कुनै पनि संरचनाहरू बनाउन नपाइने । भवन निर्माण क्षेत्रभित्र पनि एक      मिटरभन्दा बढीको टप, बार्दली, छज्जी निकाल्न नपाइने
– निर्माण सम्पन्न प्रमाणपत्रविना भवनको बैङ्किङ र बीमा कारोबार गर्न नसकिने
– ३० डिग्रीभन्दा भिरालो जमीनमा भवन बनाउन नपाइने
– खानी तथा भूगर्भ विभाग र जिल्ला दैवी प्रकोप उद्धार समितिले निषेध गरेको स्थानमा भवन बनाउन नपाइने
– २५० वर्गमिटरसम्मको क्षेत्रमा घर बनाउँदा २० प्रतिशत र सोभन्दा बढीमा ४० प्रतिशत जमीन खाली राखेर भवन निर्माण गरिनुपर्ने
– विमानस्थलको धावनमार्ग आसपास भवन बनाउन लागिएको अवस्थामा नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने । धावनमार्गको बाहिरी सीमाबाट ५०० मिटर आसापस १७ मिटरभन्दा अग्लो भवन निर्माण गर्नुपर्दा नागरिक उड्डयन प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृति लिएको हुनुपर्ने
– उपत्यकाबाहिरका नगरपालिकाहरूले शहरी विकास मन्त्रालयले तयार पारेको भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई पालना गर्नुपर्ने ।

साभार – माल्पोत खबर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s